देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मैले दिएको वरदान प्रयोग गरेर प्रचण्डले मलाई नै भष्म पार्न खोजे : अध्यक्ष ओली

देशान्तर

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उनले आफूलाई दाहालले पार्टीबाट निष्कासन गरेको बताए ।

एकीकृत पार्टी बनाउँदै, बलियो वामपन्थी आन्दोलन मार्फत समाजवादतर्फ अघि बढौं भनेर आफूले दाहाललाई आफ्नो सिटको छेउमा राखेको ओलीको तर्क छ ।

पार्टीमा आफूले दाहाललाई अँगालो हालेको भएपनि उनले छुरी रोपेको ओलीको आरोप छ ।

आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई उल्टै भष्म पार्न खोजेको ओलीले आरोप लगाए ।