देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १२६ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ६ सय ७४ जनाको पीसीआर र २ हजार १ सय १६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १ सय ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।