देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दलहरुले २०७४ मा बुझाएको बन्दसूची असोज १ देखि खारेज हुने

देशान्तर

काठमाडौं – २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची यही असोज २ र ३ गते बुझाउने कार्यतालिका छ । तर २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई २०७९ को बन्दसूचीमा समावेश गर्न मिल्ने कि नमिल्ने भन्ने अन्यौल थियो ।

यसबारे दलहरुले प्रष्ट पारिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।