देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, भेटघाटमा रोक

देशान्तर

काठमाडौं – २० औँ पटक धनगढीमा आमरण अनसन बसेका डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य सेवा र शिक्षालाई राज्यको दायित्वभित्र व्यवहारतः ल्याउने उद्देश्यले अनसन बसेका केसीकाे स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हाे । तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै बताइएकाे छ ।

अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए ।

केसीकाे ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको बताइएकाे छ । केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।