देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस र एसका २७ जना युवा एमालेमा प्रवेश

देशान्तर

काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।

काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गराएका हुन ।

प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन् । उनीहरु नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सँधै प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी भएका छन् ।