देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहन

देशान्तर

काठमाडौँ – अनेरास्ववियु क्रान्तिकारीले बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।

राष्ट्रपति कार्यालयले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । त्यसपछि २० भदौँमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए।

संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेका हो ।