देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतनिधिमिण्डलको भेट

देशान्तर

काठमाडौं – नेपालको दुई दिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतनिधिमिण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ ।

बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा. खड्कासँग भेट गरेको हो ।

भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ । पर्यावरण, जलवायु परिवर्तन तथा नविकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका वषियमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो । युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रयिाबाट रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रपिब्लिकाबाट टमस जेचोभस्की छन् ।

भ्रमणबाट नेपाल र युरोपेली युनयिनबीच रहिआएको सहकार्य विस्तार तथा सहकार्य अभविृद्धमिा योगदान गर्ने नेपालस्थति युरोपेली प्रतनिधिमिण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सांसदको प्रतनिधिमिण्डलले राजनीति नेतृत्व, सरकार र नागरिक समाज लगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्ने भनिएको छ ।

भेटका क्रममा जलवायु परविर्तन, लैंगिक सवाल र सामाजिक समावेशीतालगायतका विषयमा सरोकारवालाहरुसँग छलफल हुनेछ ।