देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से १,८३८ दशमलव ९६ अंकमा, सातामा ४ अर्ब २० करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – यो साता नेप्से १८ सय ३८ दशमलव ९६ अंकमा पुगेको छ । सातामा दुई सय ३१ कम्पनीको ६७ हजार नौ सय ७८ पटकको कारोबारमा एक करोड ५२ लाख २७ हजार दुई सय ५२ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी सेन्सिटिभ पनि तीन सय ५९ दशमलव ४३ अंकमा पुगेको छ ।

जसबाट कुल कारोबार रकम चार अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता भने नेप्सेमा दुई सय ३२ कम्पनीको एक लाख ४६ हजार दुई सय ९३ पटकको कारोबारमा दुई करोड २७ लाख ६० हजार एक सय ४३ कित्ता सेयर किनबेच भएका थिए ।

जसबाट कुल कारोबार रकम ६ अर्ब ९८ करोड ९० लाख ७१ हजार ६ सय १० रुपैयाँ कायम भएको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुला थियो । सोमध्ये पहिलो, तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो भने चौथो दिन नेप्से बढेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो ।

दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो दिन ३३ दशमलव ९७ अंकले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ अंकमा झरेको अन्तिम कारोबार दिन पुनः नौ दशमलव ८३ अंकले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ अंकमा खुम्चिएको थियो ।

यो साता नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नविल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।यसबीचमा चौथो दिन नेप्से बढेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द थियो ।

यसैगरी पहिलो दिन दुई दशमलव ३३ अंकले घटेर तीन सय ६५ दशमलव ८६ सीमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि एक दशमलव ४५ अंकले घटेर तीन सय ५९ दशमलव ४३ अंकमा खुम्चिएको थियो ।