काठमाडौं – इडीभी २०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाडौं बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाडौं बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्याकुरेल, काठमाडौंका सुरज राज खत्री, अछामका वीरेन्द्र बहादुर रावल,
झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ रहेका छन् । झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा सहभागी रहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया