देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्युरोड जाने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था

देशान्तर

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट काठमाडौंको न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरेकाे जनाएकाे छ ।

अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हाे ।

आजबाट फुलपातीसम्म यो व्यवस्था लागु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी जनाएकाे छ । ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ ।