देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीलाई कालो झण्डा देखाउने प्रयास गर्ने १२ जना पक्राउ

देशान्तर

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजना हुन लागेको नेकपा एमालेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै सदनबाट पारित गरिएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसमा एमालेले समर्थन गरेको भन्दै युवाहरूले ओलीलाई कालो झण्डा देखाउने तयारी गरेका थिए ।