देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सञ्चारग्राम स्थापनामा एक करोड विनियोजन गरिएको छ : मुख्यमन्त्री पाण्डे

देशान्तर

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उनले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए।

मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले समाजमा भएका घटनाको सत्यतथ्य सूचना सञ्चार क्षेत्रले यथार्थ तथा निष्पक्ष भई प्रस्तुत गर्नुपर्ने बताए ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख खतिवडाले जनताको सामाजिक रुपान्तरणका लागि सञ्चारकर्मी संवेदनशील हुनुपर्नेमा बताए । उनले पार्टीले आसन्न निर्वाचन प्रचारका लागि जिल्ला, प्रदेशका प्रचार कमिटीसँग समन्वय गरिरहेको छ भने । नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईंले श्रमजीवी पत्रकारका सेवासुविधा कटौती गर्न थालिएकामा चिन्ता व्यक्त गरे ।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षत्रय विश्वमणि सुवेदी, नवराज छतकुली र शान्तराम बिडारी, पत्रकार ध्रुव रायमाझीलगायतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उक्त भेलाले उपत्यका र प्रदेशमा केही कमिटी निर्माण गरी जिम्मेवारी तोक्नेछ ।