देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टालास आँधीका कारण मध्यजापानमा २ जनाको मृत्यु

देशान्तर

काठमाडाैं – जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार विहीन भएका छन्। धेरै ठाउँमा विद्युत् विच्छेद भएका छन्

काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजले उल्लेख गरेको छ।

शिजुओका प्रिफेक्चरको हमामात्सुमा पनि छुट्टै पहिरोमा परी नौ वर्षीय बालकसहित तीन जनालाई सामान्य चोटपटक लागेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ । जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको र पहिरोले दुई वटा बिजुलीका खम्बा लडाएको छ ।

एजेन्सीले टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जारी गरेको छ । जापान अहिले टाइफुनको उच्च जोखिममा छ । गत साता क्युसुमा आएको नानमाडोल आँधीका कारण चार जनाको मृत्यु भएको थियो भने १५१ जना घाइते भएका थिए ।