देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोगमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु

देशान्तर

काठमाडौं – प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्र्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति थिए ।