देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिबाट सेना परिचालन गर्न स्वीकृति

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ गतेको बैठकको

सिफारिसका आधारमा मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ २७ को पत्रबमोजिम निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।