काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन्।
सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए ।
उनले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकीर गरे । सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताए । उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वास्र्थको लागि मात्रै भाषण गर्ने गरेको दावी गरे ।
उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए । उनले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए । उनले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए ।
राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको सभामुख सापकोटाले बताए ।





प्रतिक्रिया