देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनास्लु हिमपहिरोमा मृत्यु हुनेको परिचय खुल्यो : १० जनाको सकुशल उद्धार

देशान्तर

काठमाडौँ – गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा मृत्यु भएका एक जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ । आज बिहानै हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । अरु चार जनाको हिजो उद्धार गरिएको थियो ।

हिमपहिरोमा परेकाहरुको उद्धारका लागि चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो