देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि निर्वाचन आचारसंहिता लागू

देशान्तर

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आज (बुधबार)देखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ ।

मङ्गलवार बसेको बैठकले  बुधबारदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोधसमेत गरेको छ ।

यस्तै आयोगले चुनावसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको बताएको छ ।

खर्चको सीमा तोक्ने सम्बन्धमा मंगलबार आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ ।