देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाउँपालिका भवन निर्माणका लागि जग्गा दान

देशान्तर

काठमाडौं – बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन्।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शय्याकाे अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि पाँच रोपनी जग्गादान गरेका हुन्।

स्थानीय हर्कबहादुर धामी, खडक धामी, वीरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत २१ जनाले जमिन दान गरेका हुन् । जमिन दान गर्नेलाई सोमबार गाउँपालिकाका तर्फबाट सम्मानसमेत गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको उपस्थितिमा भएको कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको हो ।

स्थानीयले जमिन दान गरेपछि गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीको भवन निर्माण गरिने जनाएको छ । यसअघि यहाँ भवन नहुँदा समस्या भइरहेको थियो ।