देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको सचिवालय बैठक बस्दै

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदो चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ ।

एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने भएपछि एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ । तर, यस विषयमा टुङ्गो लागिसकेको छैन ।