देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

देशान्तर

काठमाडौँ – बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।

त्रिवेणी नगरपालिका – ७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।

बुधबार त्रिवेणी– ७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि वडा अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।