देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लाल मोहम्मदको हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ

देशान्तर

काठमाडौं – काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको हो । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
गोठाटारमा असोज ४ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको थियो ।

अज्ञात समूहको गोलीबाट मारिएका मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।