देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेस : संस्थापनइतर पक्षको भेला आज

देशान्तर

नेपाली कांग्रेसको संस्थापनपक्षसँग असन्तुष्ट रहेको इतरपक्षको भेला आज हुँदै छ ।

डा. शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आज दिउँसो काठमाडौंमा भेला गर्न लागेको हो ।

भेला दिउँसो २ बजे अनुपम फुटल्याण्डमा हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।

बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीको समीक्षा हुने नेता घिमिरेले बताए ।

यसैगरी भेलामा आफ्ना पक्षबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरुको नामावली संकलन पनि गरिने छ ।

उक्त नाम संसदीय समितिमा रहेका सदस्यलाई बुझाउने विषयमा पनि छलफल हुने नेता घिमिरेले बताए ।

प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षको उम्मेदवारी असोज २३ गते दर्ताहुँदै छ ।