काठमाडौं – बाराबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको बाराको बेनौली गाउँबाट सशस्त्र प्रहरीले लागुऔषध चरेस २० किलोसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरी सीमा सुरक्षा बल बाराले जनाएको छ ।





प्रतिक्रिया