देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोमा पुरिएर जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु

देशान्तर

काठमाडौं – जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश शाही, रमेशकी श्रीमती पानसरा शाही तथा उनीहरुका छोराहरु अनमोल र मिलन शाही रहेका हुन् । शनिबार बिहान करिब ३-४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । पहिरोमा परेर बेपत्ता हुनेको खोजी भइरहेको छ ।

पहिरोमा परी घाइते भएका रामबहादुर हमालको अवस्था सामान्य रहेको छ भने सरस्वती हमालको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जानकारी दिए ।