देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुम्लाका बाढी पीडितको उद्धारमा जुट्न गृहमन्त्री खाँणकाे निर्देशन

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिराेमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ ।

गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिए ।

प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरामा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।