काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् ।
पुराना सहकर्मी तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित प्रचण्ड गोरखा पुगेका हो ।
सत्ता गठबन्धनको तर्फबाट प्रचण्डले गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदै छन्।
प्रचण्ड चितवन छाडेर गोरखा गएका हो । यसअघि गोरखाबाट निर्वाचित हुँदै आएका बाबुराम भट्टराईले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।





प्रतिक्रिया