देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी अध्यक्ष दाहालले गोरखाबाट उम्मेदवारी दर्ता गर्ने

देशान्तर

काठमाडौं – सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने भएका छन् । माओवादीले अध्यक्ष दाहाललाई गोरखाबाट उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको हो ।

उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेता तथा कार्यककर्ता गोरखा प्रस्थान गरेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका लागि उम्मेदवारी दर्ता गराउन अध्यक्षलगायतको टोली गोरखा प्रस्थान गरिसकेको जानकारी दिए ।