देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही १ मा उम्मेदवारी दिँदै

देशान्तर

काठमाडाैं – एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताए ।

उनले आफूलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको उल्लेख गरे ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीबाट उठ्न आग्रह गरेको बताउँदै उनले अहिले कुनै पार्टीमा नजाने स्पष्ट पारे । नेता भुसालले सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्ने बताए ।