देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारामा एकै परिवारका तीन जनाको शव नदी किनारमा भेटियो

देशान्तर

काठमाडौं – बारामा एकै परिवारका तीन जनाको शव नदी किनारमा फेला परेको छ।

प्रसौनी गाउँपालिका- ५ प्रस्टोका गाउँ नजिकैको ढोरा खोला किनारमा स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजता, उनकी ३ वर्षीया छोरी ताहिरा र अन्दाजी १६ महिनाको छोरा राजवीरको शव फेला परेको बाराका प्रहरी नायव उपरीक्षक ९डिएसपी० राजेश थापाले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ । उनीहरुको मृत्युको कारण खुलेको छैन।

यसैबीच, बारा कलैया उपमहानगरपालिका ६ मदरसा टोल बस्ने १५ वर्षकी सबनम खातुनको करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै घरमा पानी लगाउने क्रममा मोटरको तार सट् भइ करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।