देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

देशान्तर

काठमाडौँ – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ ।

यसअघि जिल्ला अदालत काठमाण्डौले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो ।

गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छिन् ।

किशोरीले गएको भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।