देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवन -३ मा दिनेश कोइरालालाई समर्थन गर्ने तयारी छ : प्रदीप ज्ञवाली

देशान्तर

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने तयारी रहेको बताएका छन्।

ज्ञवालीले आफूहरूले कोइरालालाई समर्थन गर्ने सम्भावना रहेको बताए।

‘हाम्रो समर्थन दिनेश कोइरालालाई हुन्छ होला। हामी छलफलकै क्रममा छौ,’ उनले भने, ‘हामीले कांग्रेसकै तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारलाई समर्थन गर्छौं।’

चितवन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट असन्तुष्ट नेताहरू दिनेश कोइराला र जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारी उम्मेदवार बनेका छन्। राप्रपाका विक्रम पाण्डे पनि सोही क्षेत्रमा उम्मेदवार छन्।

गठबन्धनका उम्मेदवारलाई हराउने रणनीतिअनुसार एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गराएको छ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले चितवनमा राप्रपासँग चुनावी तालमेल गरेको थियो।