देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रभु साह एमालेबाट निष्कासित

देशान्तर

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ ।

महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ । प्रभु साहले प्रतिनिधिसभातर्फ रौतहट ३ बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।

रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख गरीएको छ ।