देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टामा ४२ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ३८ जना पुगेको छ । यस्तै थप दुई लाख ६ हजार ६ सय चार जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच गएको साउनपछि नेपालमा डेङ्गी संक्रमणका कारण ४७ जनाको ज्यान गएको छ । देशभरमा ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएकोमा ४७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।