देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जितेन्द्र यादवको उम्मेदवारीले धनुषा ३‘क’का मतदाता उत्साहित

देशान्तर

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसार सुरु गरिसकेका छन् । यस पटकको चुनावमा खासगरि दुई वटा गठबन्धनमा रहेर दलहरुले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिपक्षी दलको नेतृत्व नेकपा एमालेले गरेको छ भने सत्तारुढ दलहरुको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । दलहरुले गठबन्धन बनाएर चुनाव लड्न लागेको यो तेस्रो अभ्यास पनि हो । २०७४ को चुनावमा पहिलो पटक तत्कालिन एमाले र माओवादीले गठबन्धन गरेका थिए ।

त्यसपछि अहिले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको थियो । अब मंसिर ४ गतेको निर्वाचनका लागि पनि दलहरुले गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । आउँदा चुनावमा धनुषा क्षेत्र नम्बर ३ को प्रदेशसभा तर्फ ‘क’मा जनता समाजवादी र नेकपा एमालेले गठबन्धन गरेको छ । उक्त गठबन्धनबाट जितेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

उनी अहिले चुनावी प्रचार प्रसारमा केन्द्रीत रहेका छन् । उनको उम्मेदवारीले उक्त क्षेत्रमा उत्साह बढेको बताइएको छ ।
उनको क्षेत्रका एक मतदाताले भने ‘जितेन्द्र यादव पहिला देखि नै समस्याससँग भिजेको मान्छे हो, उहाँलाई जिताउँदा यो क्षेत्रको विकास हुन्छ ।’

जिल्लाको राजनीतिमा इमान्दार र लगनशील युवा नेताको छवी बनाएका उनले आफूले चुनाव जित्ने कुरामा विश्वस्त रहेको बताउँछन् ।

लामोसमयदेखि सामाजिक सेवामा पनि सक्रिय रहेका यादवले आफ्नो मुख्य एजेन्डा युवा केन्द्रीत रहेको बताए । उनले भने ‘अबको समय भनेको युवाहरुकै हो, त्यसैले अब देश विकासका लागि युवाका साथ साथै आम नजताको मर्म र भावना अनुसार नै म अघि बढ्छु ।’

अहिले पनि तराईका क्षेत्रमा शिक्षा स्वास्थ्य, बेरोजगारी, गरिबी र भोकमरिको समस्या रहेको बताउँदै त्यसका लागि आफ्नो विशेष पहल हुने पनि यादवको भनाई छ । उनले भने ‘संविधानमै उल्लेख भएका कुराहरु कार्यान्व्यन गरियो भने पनि आम मानिसका अधिकांश समस्याहरु समाधान हुन्छन्, त्यसतर्फ मेरो ध्यान केन्द्रित हुन्छ ।’
चुनाव जितेमा यस क्षेत्रको समस्या पहिचान गरिसकेको बताउँदै काम गर्न आफूलाई सहज हुने पनि विश्वास व्यक्त गरे ।