देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘देश विकासका लागि गठबन्धन आवश्यक’

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको हो भने ।

केन्द्रीय सदस्य आचार्यले रसुवा जिल्लाको विकासका लागि आफू सदैव क्रियाशील रहने बताए । उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाए ।