काठमाडौं – वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको छ ।
जोशीको १ सय ३ वर्षको उमेरमा आज (आइतबार)बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालले जनाएको हो । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार ललितपुर महानगरपालिको परिसरमा राखिने भएको छ। त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने भएको छ । सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार शरिरलाई मेडिकल कलेजमा राखिने भएको हो ।
किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।





प्रतिक्रिया