देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागी उम्मेदवारको बारेमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

देशान्तर

काठमाडौं – सत्ता गठबन्धनको बैठक बागी उम्मेदवारको विषयमा छलफल गर्नका लागि सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताएका छन् । गठबन्धनमा रहेका शीर्ष नेताहरुले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई छानविन गरी कारबाही गर्ने भएका छन् ।

प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने बुझिएको छ । गठबन्धनका शीर्ष नेताहरुले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् ।

अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणको विषय खुलाउँदै अपिल जारी गर्न लागेका छन् ।