देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल वायुसेवा निगमद्वारा ऋणको किस्ता रकम भुक्तानी

देशान्तर

काठमाडौं – नेपाल वायुसेवा निगमले ऋणको किस्ता रकम भुक्तानी गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक यही असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ र त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैंयाँ किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।

विगत तीनवर्ष देखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा, निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि, नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा बृद्धि भएपछि पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको एक अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरिसकेको निगमले जनाएको छ ।