देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचनपछि आफू प्रधानमन्त्री बन्न योग्य रहेको कांग्रेस नेता सिंहको दाबी

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् ।

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू योग्य रहेको बताएका हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए ।

उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए । उनले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको बताए ।

नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको बताए । उनले स्वतन्त्र उम्मेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने आवश्यक्ता भएको बताए ।

उनले बहुलवादमा आधारित संसदीय शासन प्रणाली भएकाले सबैले आफ्नो स्वतन्त्र अधिकारलाई प्रयोग गर्न पाउने उल्लेख गर्दै शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए ।

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरु पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए।