देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लव पुनः महासचिव चयन

देशान्तर

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिव चयन भएका छन् ।
कपिलवस्तुमा सम्पन्न सो पार्टीको नवौं महाधिवेशनले विप्लवलाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको हो ।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि चयन गरेको छ । साथै केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु पनि चयन गरेको जनाइएको छ ।

विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । महाधिवेशनमा विप्लवद्वारा प्रस्तुत गरेका राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थियो ।