देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से १२ अंकले घट्दा ६४ करोड रुपैयाँको सेयर किनबेच

देशान्तर

काठमाडौं – नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि १२ दशमलव ८१ अंकले घटेर १८ सय ४५ दशमलव ५१ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६६ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा झरेको छ । दुई सय १६ वटा कम्पनीहरुको २० हजार दुई सय ७४ पटकको कारोबारमा २१ लाख ५१ हजार सात सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा आज कूल सेयर कारोबार रकम ६४ करोड ३६ लाख सात हजार नौं सय ७५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा होटल र सामूहिक लगानी कोष समुहहरुको सुचक बढेका छन् भने बाँकी समूहहरुको सुचक भने घटेका छन् ।

जसमध्ये बाणिज्य बैंक समूहको सूचक दुई दशमलव ८१ अंकले घटेर १३ सय १० दशमलव २६ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ४५ दशमलव छ अंकले घटेर तीन हजार दुई सय ९३ दशमलव ६२ अंकमा झरेको छ ।

जलविद्युत समूहको सुचक पनि ३५ दशमलव ४६ अंकले घटेर १९ सय छ दशमलव ६७ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सुचक पनि ५५ दशमलव ५१ अंकले घटेर सात हजार चार सय ३९ दशमलव ५६ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ९९ अंकले घटेर आठ हजार छ सय ४९ दशमलव ८६ अंकमा झरेकोमा टे«डिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

यसैगरी आज सोल्टी होटल लिमिटेडको प्रतिकित्ता दुई सय १३ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ७२ लाख १२ हजार नौं सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ८८ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा पिपुल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ४७ प्रतिशतले घटेर दुई सय १३ रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।