देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तिहारमा प्लास्टिकजन्य फूल–मालाको कारोबार र प्रयोग गरे कारबाही हुने

देशान्तर

काठमाडौँ – सरकारले तिहारमा प्लास्टिकजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ।

वातावरण विभागले एक सूचना जारी गर्दै तिहार तथा छठ पर्वमा प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेकोले त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न आग्रह गरेको हो।

नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने सूचनामा चेतावनी दिइएको छ।