देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक जस्तो हुन्छ : प्रकाशमान सिंह

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताएका छन् ।

शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हो । उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताए ।

उनले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे । उनले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने बताए ।

उनले भने ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’

नेता सिंहले गठबन्धनलाई जिताउनका लागि देशभरबाट सबै नेता, कार्यकर्ताले सहजताका लागि आवश्यक पहल गर्न आग्रह गरे ।