देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनको उमेदवारलाई विजयी गराउन नेता रिजालको आग्रह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन्। सुनसरीको धरानमा शुक्रबार अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरे।

पार्टीभित्र भएका केही कमजोरी भएको खण्डमा त्यस विषयमा पार्टीभित्रै झगडा गरेर समाधान खोज्न सकिने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत समस्याको समाधान गर्ने जिम्मा गठबन्धनको सरकारको भएको नेता डा रिजालले बताए।