देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणमा प्रतिवद्ध : गृहमन्त्री खाँण

देशान्तर

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौं आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशन समेत दिए । उनले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन प्रहरी जवानहरुलाई निर्देशन दिए ।

गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत र साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताए ।

गृहमन्त्री खाँणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गरे ।