काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका छन् ।
आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएको हो । उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे ।
अध्यक्ष लिङदेनले निर्वाचनमा पनि पटक पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुःख पाउने बताए । कांग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गरे ।
उनले कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताउँदै उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने समेत दावी गरे ।
अध्यक्ष लिङदेनले निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए ।





प्रतिक्रिया