काठमाडाैं – नेपाली कांग्रेसको आज गर्ने भनिएको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ ।
कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको छ ।
आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको घोषणापत्र तयारी समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आज बिहान साढे १० बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सङ्कल्प पत्र सार्वजनिक गर्ने तय भएको थियो ।





प्रतिक्रिया