देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

देशान्तर

काठमाडौँ – नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ ।

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।

यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।