आईसीसी विश्वकप टी २० क्रिकेटमा आज २ वटा खेल हुने भएका छन् ।
अष्ट्रेलियामा जारी प्रतियोगिता अन्तर्ग आज पहिलो खेलमा आयरल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने छ ।
आयरल्याण्ड लगातार दोस्रो जितको खोजिमा हुने छ भने अफगानिस्तान पहिलो जितको खोजिमा रहेको छ । आयरल्याण्डले डिएल मेथडमा इंग्ल्याण्डलाई पराजित गरेको थियो ।
अफगानिस्तानले न्यूजिल्याण्डसँगको खेल रद्द भएपछि एक अंक लिएको थियो । अफगानिस्तान र आयरल्याण्डबीचको खेल पौने १० बजे सुरुहुने छ ।
यसैगरी आजै दिउँसो पौने २ अष्ट्रेलिया र इंग्ल्याण्ड आमने सामने हुने छन् ।
घरेलु टोली अष्ट्रेलिया पहिलो खेलमा न्यूजिल्याण्डसँग पराजित भए पनि दोस्रो खेलमा श्रीलंकाविरुद्ध जित निकाल्दै प्रतियोगितामा कमब्याक गरेको छ ।
डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया अहिले खेलाडीलाई कोरोना भएपछि भने केही समस्यामा पनि रहेको छ ।
आजको खेलमा पनि जित निकाल्दै अष्ट्रेलिया सेमिफाइनल सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुँदा इंग्ल्याण्ड पनि जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ ।
अघिल्लो खेलमा आयरल्याण्डसँग डिएल मेथडमा ५ रनले पराजित भएको इंग्ल्याण्ड उक्त खेललाई भुलेर अब घरेलु टोली अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रने छ ।
इंग्ल्याण्डले सुपर १२ को आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।





प्रतिक्रिया